• १३ साउन २०८१, आइतबार

जनमतका अध्यक्ष डा. राउतद्वारा सप्तरीमा मतदान

blog

जनमतका अध्यक्ष डा. राउत सप्तरीमा मतदान गर्नुहुँदै ।

ललिता साह

बाेदेवसाईन, मङ्सिर ४ गते । सप्तरी प्रतिनिधिसभा क्षेत्र – २ का उम्मेदवार रहनुभएका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त  सिके राउतले सप्तरीको महदेवा वडा नम्बर २ को आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदात गर्नुभएको छ ।    

यहाँको मतदान केन्द्रमा आयोगले तोकिएकै समय अर्थात् बिहान ७ बजेबाट सुरु भएको मतदानको डेढ घण्टापछि साढे ८ बजे अध्यक्ष राउतले मतदाता क्रमसङ्ख्या २३७ को मतदाता परिचयपत्र नम्बर २२६२७४५१ को आधारमा मतदान केन्द्रमा  आफ्नो मत खसालेको मतदान अधिकृत रामदेव मण्डलले बताउनुभयो ।