• ९ मंसिर २०८१, आइतबार

बाजुरामा झडप हुँदा तीन मतदान स्थलमा मतदान कार्य स्थगित

blog

झडप हुँदा स्थगित भएको बाजुराको बूढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा रहेको मतदान केन्द्र । तस्बिर - शेरबहादुर सार्की

गोरखापत्र अनलाइन

बाजुरा, मङ्सिर ४ गते । बाजुराको तीन मतदान स्थलमा मतदान कार्य स्थगित भएको छ । बूढीगङ्गा नगरपालिका ९ को त्रिशक्ति मावि ८ को गिरिखेल आधारभूत र बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।

भोट हाल्ने विषय लिएर एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि अहिले सो मत केन्द्रमा मतदान स्थगित भएको हो ।

झडप सुरु भएपछि अहिले मतदाताको भागाभाग भएको छ । अर्को सूचना नभएसम्म अहिले मतदान कार्य स्थगित गरिएको मतदान केन्द्रले जनाएको छ ।