चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ४ गते । बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीया (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षपछि नेपाली नागरिकता प्रदान गरिएको छ ।
तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिलाइएको छ ।
उक्त वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले वडा मुचुल्का उठाएर वंशजको आधारमा तामाङलाई नागरिकता दिलाएको जानकारी दिनुभयो ।
जुल्फेका बुबा लेम्बा तामाङ, आमा पोक्ची तामाङ रहेको खुल्न आएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँ परिवारविहीन रहनुभएको छ । उहाँको बुबाआमा, दाजुभाइ, आफन्त घर, सम्पत्ति केही छैन ।
नेपाली नागरिकता पाएपछि तामाङ फुरुङ्ग हुनुहुन्छ ।