• १० चैत २०८२, मङ्गलबार

एक वर्षमा नौ लाख ३३ हजार विद्युतीय राहदानी वितरण

blog

फाइल तस्बिर

काठमाडौं, मंसिर २ गते। सरकारले एक वर्षमा नौ लाख ३३ हजार २९३ वटा विद्युतीय राहदानी वितरण गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले सो मात्रामा राहदानी वितरण गरेको जनाएको हो।

२०७८ मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट एक वर्षमा तीन लाख ३४ हजार ५८३ वटा राहदानी वितरण गरेको जनाएको छ।

 यस्तै जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पाँच लाख १६ हजार ८०५ र विदेशस्थित नियोगबाट ८१ हजार ९०५ थान विद्युतीय राहदानी वितरण गरेका हुन्। 

२०७८ असोजबाट विद्युतीय राहदानीको परीक्षण उत्पादन सुरु गरेर सफल परीक्षण पश्चात् २०७८ असोज १ गतेबाट विद्युतीय राहदानीको उत्पादन तथा वितरण थालिएको हो। 

विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगबाट विद्युतीय राहदानी जारी हुने गरेको छ। 

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट लाइभ इनरोलमेन्ट भएर विभागमा छपाइ भएका विद्युतीय राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा यथाशीघ्र पुग्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।