• १२ असोज २०८१, शनिबार

पुलबाट खोलामा झर्दा साइकलयात्रीको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २७ गते । झापाको मेचीनगरमा साइकल दुर्घटनामा परेर एकजना व्यक्तिको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय काँकड्भिट्टाका अनुसार साइकलमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बस्ने ४५ वर्षीय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो ।

शनिबार राति स्थानीय दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । साइकलसँगै पुलमुनि मानिसको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

राति नै मृत्यु भएको हुनसक्ने भए पनि स्थानीयले बिहान देखेपछि प्रहरीमा खबर आएको र प्रहरीले आवश्यक प्रक्रिया पुर्याएर शव उठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।