• १२ असोज २०८१, शनिबार

पार्टी परित्याग गर्ने समाजवादीका प्रदेश १ अध्यक्ष चाम्लिङको घोषणा

blog

पार्टी छाडनु भएका जनता समाजवादी पार्टी, नेपालका प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ। फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २४ गते। जनता समाजवादी पार्टी, नेपालका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले प्रदेशका विभिन्न तह र तप्कामा रहेका दुई सयभन्दा बढी नेता कार्यकर्तासहित पार्टी परित्याग गरेको बताउनु भएको छ। झापाको दमकमा बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो।

पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गर्दै चाम्लिङले पार्टी स्वार्थ समूह जस्तै भएको जनताको हक हित संरक्षण तथा जनताको पक्षमा लाग्ने अवस्था नदेखेकाले छाडेको बताउनु भएको हो। ‘कुनै राजनीतिक दलमा नरहेर नागरिकका अधिकारको सवालमा आवाज उठाउन मैले पार्टी छाडेको हुँ’, चाम्लिङले भन्नुभयो। 

पार्टीको विचलित सिद्धान्त र दर्शनले वाक्क भएर यो अवस्था आएको समेत उहाँको भनाइ थियो। अहिले तत्कालै कुनै पार्टीमा जाने सोच नरहेको र नयाँ अभियान लिएर जनतामाझ जाने उहाँले बताउनुभयो। निर्वाचन नजिक आइरहेको समयमा पार्टी छाडेको घोषणालाई अर्थपूर्ण मानिएको छ।

प्रदेश सदस्य जहरमान लिम्बू, क्षेत्र नम्बर ५ (ख) का अध्यक्ष दीपक न्यौपाने, दमक नगर अध्यक्ष खेमबहादुर दाहाल, ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य अनिल लामा, शिक्षक सङ्घ केन्द्रीय उपमहासचिव प्रकाश सुवेदीलगायतले पार्टी परित्याग गर्नु भएको छ।