• १६ भदौ २०८१, आइतबार

नेपालका नेता धेरै बेइमान भए : भण्डारी

blog

पाली कांग्रेसका नेता चन्द्र भण्डारी । फाइल तस्बिर

काठमाडौं, कात्तिक २४ गते । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ। 

बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताउनुभएको हो। 

उहाँले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। नेता भण्डारीले नेताले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताउनुभयो। 

उहाँले राजनीतिक दलले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवालाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताउनु भयो। 

नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरेर बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाली राजनीतिमा बेइमान नेता भएको बताउनुभयो। 

बेइमान नेताका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताउनुभयो। उहाँले खरको छाना हालेर बस्नेलाई गरिब भनेर विस्थापित गर्ने र अहिले सहरमा खरकै छाना बनाएर करोडौँ कमाइरहेको बताउनुभयो। 

‘‘नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो। अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मङ्सिर ४ गते यी तत्त्वलाई पराजित गर्नुपर्छ। यो लुटेको सम्पत्ति नेपाल आमालाई फिर्ता गर्नुपर्छ’’, उहाँले भन्नुभयो। 

उहाँले युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग भएको बताउनुभयो।  नेता भण्डारीले मुलुकलाई दुरावथामा पुर्‍याउने  नेतालाई आसन्न निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताउनुभयो। उहाँले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।