• १९ असोज २०८१, शनिबार

जुम्लामा सत्ता गठबन्धनकाे सभा

कर्णालीको विकास पहिलो प्राथमिकतामा परेकाे छ: अध्यक्ष प्रचण्ड

blog

जुम्लामा सत्ता गठबन्धनकाे सभामा सम्बाेधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड ।

नेत्र शाही

जुम्ला, कात्तिक २२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास प्राथमिकतामा परेको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्न जुम्ला पुग्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनको जीत सुनिश्चित भएको हुँदा अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताउनुभयो । उहाँले कर्णालीको बाटो कालोपत्र मात्रै होइन फराकिलो बनाउन आवश्यक भएकाले आफ्नो र गठबन्धनको प्राथमिकतामा परेको बताउनुभयो । 

उहाँले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले राज्यले सिञ्जासम्बन्धी विशेष प्रतिष्ठान बनाएर अगाडि बढाउनेमा जोड दिनुभयो । उहाँले सिञ्जा सभ्यताको विकास र संरक्षणका लागि जुम्ला मात्रै होइन नेपालका लागि संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन केन्द्रित रहेको बताउँदै ७० वर्षमा जनताले ल्याएको अधिकारको रक्षा गर्न सबै मतदाताले बुझ्न आवश्यक भएकोमा जोड दिनुभयो ।


उहाँले नेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेकाले जनतामा मत माग्न सक्ने अधिकारसमेत नहुने आरोप लगाउनुभयो । 

उहाँले अहिलेको लडाइँ प्रतिक्रान्तिकारी र निरङ्कुशतावादीलाई यो निर्वाचनमा हराएर गठबन्धनलाई जिताउने रेकर्ड राख्ने इतिहास कायम गर्ने आशा व्यक्त गर्दै वाम गठबन्धनका उम्मेदवार गोमा कुँवरलाई मौका दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले आफूले एक पटक खाएको मार्सी चामलको खानाले बजार लिएकोमा खुसी भएको बताउनुभयो । उहाँले राजतन्त्रका प्रेतात्माहरू जुम्लामा पनि देखिएकाले कर्णाली प्रदेशलाई जागरण गर्न आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएकाले जनताले अहिलेको व्यवस्था बचाउनेमा ढुक्क भएको बताउनुभयो ।