गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक २२ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षार्थ सुरक्षाकर्मीहरू तैनाथ भइसकेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लामा नेपाल प्रहरीका जवानहरूलाई आवश्यकताअनुसार विभिन्न क्षेत्रमा खटाइएको छ ।
सामाखुसीस्थित प्रहरी कार्यालयका अनुसार मङ्गलबार करिब २० देखि ३० वटा विभिन्न जिल्लाका लागि प्रस्थान गरिने बताइएको छ ।