• ८ मंसिर २०८१, शनिबार

नेपथ्यको देशव्यापी साङ्गीतिक यात्रा

blog

काठमाडौँ, कात्तिक १६ गते । लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साङ्गीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटका साथ आफूलाई एक महिना लामो देशव्यापी साङ्गीतिक यात्रामा प्रस्तुत गर्ने भएको छ। 

मङ्सिर १६ देखि पुस १६ सम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्यान्ड यसै पालादेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवद्र्धन अभियान’मा सहभागी हुँदै छ।

ब्यान्डले यी प्रदर्शनमार्फत बेसहारा बन्न पुगेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ आर्थिक सङ्कलनमा समेत हातेमालो गर्नेछ। “हामीले गीतसङ्गीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौँ,” ब्यान्डका गायक एवं अगुवा अमृत गुरुङ भन्नुहुन्छ, “कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका श्रोता–दर्शकमाझ पुग्न लागेका छौँ।”