• १२ असोज २०८१, शनिबार

रवि लामिछाने नेतृत्वको पार्टीका नेताहरुद्वारा पार्टी परित्याग

blog

पत्रकार सम्मेलनमा पार्टी परित्यागको घोषणा गर्दै प्रदेश, जिल्ला र नगरका नेताहरु । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, कात्तिक १६ गते । रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेताहरुले मंगलबार धरानमा पत्रकार सम्मेलनगरी पार्टी परित्यात गरेको घोषणा गरेका हुन् । 

पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरुले पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराईले बताउनुभयो ।  

उहाँले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दा जस्ता आरोपहरु सही त थिएन भन्ने आशंका जन्मिएको र निष्पक्ष छानविनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै कानूनी पक्रियामा जाने निर्णयका साथ यस पार्टी परित्याग गरेको बताउनुभयो । 

सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण अपारदर्शीतरिकाले गरेको, उम्मेदवार छनोट  हुनुअघि नै आकांक्षीहरुसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिहरुको स्वेच्छाचारिता बढेको कारण पार्टी परित्याग गर्नुपरेको बताउनुभयो ।