• १३ साउन २०८१, आइतबार

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्यु

blog

कैलाली, कात्तिक १० गते । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदैगरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउदैगरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते हुनुभएको थियो । ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ ।