• २१ असार २०८२, शनिबार

सल्यानमा जीप दुर्घटना, ८ को मुत्यु एक घाइते

blog

प्रतीक शर्मा इच्छुक

सल्यान, असोज १२ गते । सल्यानमा भएको जीप (डबल क्याब) दुर्घटनामा परी आठजनाको मुत्यु भएको छ ।

रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीय रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घटनास्थलमा प्रहरीसहित कपुरकोट गापा अध्यक्ष दुर्गाबहादुर पुन, गापाका स्वास्थ्यकर्मी, स्थानीयहरु उद्धारमा खटिरहनुभएको छ । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ ।

जिपमा सवार नौजना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।