• १४ जेठ २०८१, सोमबार

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

blog

प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच भएको भेटवार्ता । तस्बिर : जंगी अड्डा

काठमाडौं, भदौ २७ गते । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।

राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । उक्त भेटवार्तामा प्रधान सेनापति शर्माले राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनु भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।