• १३ साउन २०८१, आइतबार

इन्द्रजात्रा विधिवत् रुपमा सुरु (फोटो/भिडियो)

blog

काठमाडौंमा इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । तस्बिरहरु : मनोजरत्न शाही र केशब गुरुङ्ग

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २२ गते । इन्द्रजात्रा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आज बिहान (बुधबार) ७:१७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।



आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायहरू मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा छ । भदौ २८ गते बेलुकी इन्द्र ध्वजोत्थानपछि यो जात्रा समापन हुन्छ ।