• १३ साउन २०८१, आइतबार

अध्यक्षकी श्रीमतीद्वारा भान्छेबाट राजीनामा

blog

अछाम समाचारदाता

अछाम, भदौ २१ गते । रामारोशन गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई थप अधिकारसहित भान्छे नियुक्ति गरेको समाचार बाहिरिएपछि भान्छेबाट राजीनामा दिनुभएको छ। जनस्तरमा व्यापक आलोचना भएको भन्दै गाउँपालिकाले अध्यक्षकी श्रीमती जयसरा साउदको राजीनामासँगै उहाँले बुझेको ३१ हजार ६३० रुपियाँ गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो। जेठको आधा र असार महिनाको गरेर डेढ महिनाको रकम फिर्ता गरिएको बताइएको छ। 

गाउँपालिका अध्यक्ष मानबहादुर साउदले आफू विजयी हुनेबित्तिकै श्रीमती जयसरालाई भान्छेसँगै आफू गएको ठाउँमा जाने र भत्ता पाउने गरी नियुक्त गराउनुभएको थियो । राजीनामा स्वीकृतिसँगै भान्छे पदसँग गरिएको सम्झौतासमेत रद्द भएको बताइएको छ। श्रीमतीलाई भान्छे नियुक्तिको सूचना बाहिरिएपछि अधिकांशले शक्तिको दुरुपयोग गरेर आफ्नी श्रीमतीलाई भान्छे नियुक्त गरेको भन्दै कडा विरोध गरेका थिए।