• १२ असोज २०८१, शनिबार

नेपालको शिक्षा स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छ : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

रुपन्देही, भदौ १८ गतेल । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ। उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। 

श्रीराम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा शनिबार उहाँले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रूपमा नेपाल अघि बढिरहेको बताउनुभयो। 

नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उहाँले नेपाल र भारतको भाषा, वेशभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गर्नुभयो। 

गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रूपमा स्थापित गरेको बताउनुभयो। गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उहाँले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गर्नुभयो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्त्वपूर्ण भएको बताउनुभयो। 

भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उहाँले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबिचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले यहाँका अग्रजको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताउनुभयो।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत  श्री वास्तवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो। रासस