• ६ साउन २०८२, मङ्गलबार

फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १५ गते । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

विभागका प्रमुख शिवराज अधिकारीले महानगरलाई तिर्न र बुझाउनुपर्ने कर नबुझाई वर्षौ व्यवसाय सञ्चालन गर्दै आएको पत्रमार्फत उल्लेख गर्नुभएको छ । उहाँले पटक–पटक ताकेता गर्दासमेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताउनुभयो ।

विभाग प्रमुख अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टाभित्रै बक्यौता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’’

प्रमुख अधिकारीका अनुसार व्यवसाय र बहाल करसम्बन्धी वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।

साथै तोकिएको समयभित्र कर नबुझाए फन पार्क सिलबन्दी गरी असुल उपर गरिने जानकारी महानगरले दिएको छ ।