• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक ३.७६ अङ्कले वृद्धि

blog

काठमाडौं, भदौ १३ गते । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।

पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ । आइतबार ३३ अङ्कले गिरावट आएको नेप्से सोमबार ३.७६ अङ्कले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अङ्कले बढेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर एक अर्ब २६ करोड ६६ लाख १९ हजार रुपियाँ कारोबार भएको छ । आइतबारको तुलनामा आज कारोबार रकम भने गिरावट आएको छ । आज दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार १०३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अङ्कले बढेको छ । म्युचुअल फण्डको भने सबैभन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ । तर यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५.७० प्रतिशतले घटेको छ । नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।