• २० असार २०८१, बिहिबार

निर्माण नसक्दै भत्कियो नाला

blog

वीरेन्द्रनगर १२ मा निर्माण सम्पन नहुदै भत्किएको नाला ।

सुर्खेत, साउन २१ गते ।  सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा निर्माण भइरहेको नाला काम नसकिदै भत्किएको छ । हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५०० मिटर मध्ये एक सय मिटरबढि नाला निर्माण ठेकेदारको लापरवाहीले भत्किएको हो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेज अन्तर्गत करिव एक करोड लागतमा विध्या एण्ड कालिका निर्माण सेवाले बनाएको नालाको काम नसकिदै भत्किएको हो ।  सो कम्पनीले नगरका विभिन्न क्षेत्रमा यो सहित ६ ठाउँमा नाला निर्माण गरिरहेको छ । 

गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाईले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्याएका कारण नाला बिचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाही बताउनुभयो । शाहीले  भन्नुभयो,  ‘नालाको दुबैतर्फ लगाइएको दिवाल पनि तोकिएको मापदण्ड अनुसार नभएको अनुगमनका क्रममा देखिएको छ, र अर्को कुरा जमिनको भागदेखिको उचाई पनि कम भएको देखियो ।’

उहाँले भन्नुभयो, ‘नालीसँग जमिनको लेभल मिलाउँदा भरिएको माटोको चापले भत्किएको रहेछ ।’ कम्पनीलाई यसबारे जानकारीसमेत गराएको उल्लेख गर्दै यथासिघ्र निर्माण गर्न ताकेता गरेको शाहीको भनाई छ । भत्किएको नालाको पुनः निर्माण पुरानै लागतमा कम्पनीले गर्नुपर्ने शाहीको भनाई छ । यता निर्माण कम्पनी भने सम्पर्कमा छैन् । 

Author

नविन सुवेदी