• ११ असोज २०८१, शुक्रबार

पहिरोले दुई घर बगायो, दुई जोखिममा

blog

पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा दुई घर पुरेपछिको भग्नावशेष । तस्बिर : कबिराज घिमिरे

 कबिराज घिमिरे

   हिले (धनकुटा),  साउन २०  गते ।  अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका -२ मा दुई घर पुरिदा दुईजना घाइते भएका छन् ।

शुक्रबार बिहान पहिरोले महालक्ष्मी -२ को लाफ्टाङमा दुई घर पुरेको हो । घर परिदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ । 

पहिरोले कटुवालको घर पुर्दा ८४ वर्षीय कटुवाल र ४५ वर्षकी मित्रमाया कटुवाल दुवैजनाको दुवै हात भाचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उनीहरु दुबैलाई उपचारका लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो ।

त्यस्तै? अन्य दुई घरसमेत पहिरोमा जोखिममा परेका छन् । पहिरोले बगाएको तथा जोखिममा परेका चारै परिवारलाई तत्काल छिमेकीको घरमा सारिएको रायाले जानकारी दिनुभयो ।

पहिरोले पुर्दा बुढाथोकीको घर, घरभित्रको सामान, अन्नपात, सुनचाँदी, नगद गरी अन्दाजी ४० लाख र कटुवालको घर, घरभित्रको सामान, सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।