• ७ मंसिर २०८१, शुक्रबार

एभरेस्ट इन्जिनियरिङ कलेजको आकर्षण

blog

एभरेस्ट इन्जिनियरिङ कलेज मुलुककै अग्रणी कलेज हो। पठनपाठन तथा सिकाइलाई चाहिने मुख्य संरचनाको विकास र प्रयोगमा कलेजले यथेष्ट ध्यान दिँदै आएको छ। पूर्णकालीन शिक्षकले अध्यापन गर्दै आएका छन्। कलेजले उत्पादन गरेका गुणस्तरीय इन्जिनियरले देश तथा विदेशमा पेसागत दक्षताका साथ योगदान गर्दै आएका छन्। 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ब्याचलर अफ सिभिल इन्जिनियरिङ, ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, ब्याचलर अफ आइटी इन्जिनियरिङ विधा सञ्चालन गरिँदै आएको छ। एभरेस्ट इन्जिनियरिङ कलेजले हरेक विधामा ९६ जनालाई अध्यापन गराउँदै आएको छ। यहाँ अध्ययन पूरा गरेका इन्जिनियरले आफ्नै कम्पनी स्थापना गरी सयौँ व्यक्तिलाई रोजगारी सिर्जना गर्न सफल भएका छन्। कलेजले विद्यार्थीलाई उद्यमशीलताका बारेमा पनि ज्ञान दिने गरेको छ।

कलेजमा सहज र स्रोतसाधन पूर्ण कक्षाकोठा तथा प्रयोगशालाको व्यवस्था छ। कलेज हाताभित्र व्यवस्थित र आधुनिक पुस्तकालय छ। नियमित कक्षा समयभन्दा बढी समयसम्म पुस्तकालय खुला हुने हुँदा कक्षा सकिए पनि विद्यार्थीले पुस्तकालयमा बसेर अध्ययनको अवसर पाउने गरेका छन्। खेलकुदको पर्याप्त सुविधा उपलब्ध छ। ताजा र गुणस्तरीय खाना तथा खाजाको व्यवस्था कलेजमा रहेको क्यान्टिनमा उपलब्ध छ। विद्यार्थीले चाहेमा २४ सै घण्टा प्रयोगशाला खुला रहने व्यवस्था गरिएको छ। कलेजले कुनै पनि विभेदको शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ।