काठमाडौँ, साउन १६ गते । सानिमा बैङ्कका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।
नमस्ते पे वालेटबाट बैङ्कको मोबाइल बैङ्किङ लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्ने सानिमा बैङ्कले जनाएको छ । बैङ्कको मोबाइल बैङ्किङ एपबाट नमस्ते पे, ई–सेवा, खल्ती, वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
सानिमा बैङ्कको देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्जाल सञ्चालनमा छन् ।