• ३ जेठ २०८३, आइतबार

युवा केन्द्रित लागुऔषध विरुद्धको अभियान

blog

प्रदेश युवा परिषद् विकास समितिले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी युवाहरूलाई प्रशिक्षण गरिँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, जेठ ३ गते ।  लुम्बिनी प्रदेश सरकार लागुऔषध तथा दुर्व्यसनविरुद्ध युवा मार्फत अभियान सञ्चालन गर्नेभएको छ । प्रदेशमा लागुऔषध डरलाग्दो रूपमा बढिरहेको भन्दै यसविरुद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनालले जानकारी दिनुभयो । 

कार्यकारी उपाध्यक्ष खनालले भन्नुभयो, “लागु औषधविरुद्ध सचेतना फैलाउन विद्यालय तहमा केन्द्रित भई अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ ।” अभियान अन्तर्गत आइतबार नेपालगन्जमा लागुऔषध तथा दुर्व्यसनविरुद्ध एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 

कार्यक्रममा उच्च शिक्षा अध्ययन गरिरहेका करिब एक सय बढी युवाहरूको सहभागिता रहेको प्रदेश युवा परिषद् विकास समितिका कार्यालय प्रमुख अधिकृत प्रेमराज रावतले जानकारी दिनुभयो । 

कार्यक्रममा मनोसामाजिक चिकित्सक दिप्ती काफ्ले, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्ट, अग्रज पत्रकार गोपिन्द्र बुढामगर, प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।