शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, जेठ १ गते । नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शरीरमा कुनै चोटपटक नदेखिएकाले तथा गैँडा बूढो पनि नभएकाले मृत्युको कारण यकिन हुन सकेको छैन । मकैबारीमा मृत फेला परेकाले स्थानीयले थापेको पासो वा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने उहाँले बताउनुभयो । गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँको भनाइ छ ।
गैँडाको पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज बाट भेटेरिनरी चिकित्सकसहितको टोली परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।