• १३ वैशाख २०८३, आइतबार

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

blog

बोगोटा, वैशाख १३ गते । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । 

रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान-अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालमा गम्भीर क्षति पुर्याएको छ साथै राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ । 

प्रत्यक्षदर्शी चालकका अनुसार हतियारधारी व्यक्तिले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारी साधनमा एक विद्रोही समूहसँग सम्बन्धित नारा लेखिएका थिए । काउका विभागका गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् र सुरक्षा निकाय घटना स्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् । रासस/सिन्ह्वा