• १५ चैत २०८२, आइतबार

चन्द्रपुर नगरपालिकामा आज शोक बिदा

blog

चन्द्रपुर नगरपालिका, रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, चैत १५ गते ।
रौतहटको चन्द्रपुर  नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । वडा नं. ७  का वडा सदस्य ईद महम्मदको  निधनमा आइतबार  मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थामा  शोक बिदा दिइएको हो । वडा सदस्य महम्मदको गएको बिहीबार निधन भएको चन्द्रपुर नगरपालिकाले  जनाएको छ ।

चन्द्रपुर  नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले सूचना जारी गर्दै वडा सदस्य महम्मदको निधनमा आज एक दिनका लागि मातहतका वडा कार्यालय तथा  स्वास्थ्य संस्था बन्द रहने जानकारी गराउनुभएको छ । स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बन्द नरहने सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले वडा सदस्य महम्मदको निधनप्रति दुःख समेत व्यक्त गरेको छ । साथै बिदाका कारण पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी रहेको जनाएको छ ।