शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका अग्निपीडित परिवारलाई एक स्थानिय संस्थाले राहत सामग्री प्रदान गरेको छ ।
नगरपालिकाको वडा नम्बर ६ स्थित अण्डिपट्टीका अग्निपीडित किसुन देव मण्डललाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको हो ।
सहयोग स्वरुप थाल, गिलास, कराही, डेक्ची, बाल्टिन, मग, म्याट्रेस, बल्यांकेट लगायतका राहत सामाग्री संस्थाको तर्फबाट अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले शनिबार हस्तान्तरण गर्नुभयो ।
चैत ८ गते मण्डलको घरमा आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भई आठ लाख भन्दा बढीको क्षति भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर १२ का सचिव चन्दर मण्डलसहित स्थानिय भरलादमीको उपस्थाति रहेको थियो ।