शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुमपश्चिम, चैत ४ गते । रुकुमपश्चिमस्थित कारागार कार्यालयमा अचेत बनेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका १० निवासी ५९ वर्षीय मनबहादुर बुढाको आज बिहान मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेतिर बुढा अचानक बेहोस भएपछि उपचारको लागि तत्कालै जिल्ला अस्पताल सल्लेमा लगिएको थियो।उहाँको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार बुढालाई अत्याधिक रक्तचाप, श्वासप्रश्वास र मधुमेहको समस्या देखिएको थियो । उपचारको क्रममा बिहान ५ बजे मृत घोषणा गरिएको थियो ।
बुढा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भुक्तान गरिरहनुभएको थियो ।