नौरते नेपाली
सिँजा (जुम्ला), फागुन २६ गते । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा बन्द भएको छ । अस्पतालको एक्सरे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ । अस्पतालमा एक्सरे मेसिनमा समस्या आउँदा पाँचदिन देखि एक्सरे सेवा बन्द भएको छ । निर्वाचनले गर्दा बनाउनका समय लागेको हो । एक्सरेमा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकेको छ ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख, लगायतका जिल्लाबाट उपचारका लागि आउने बिरामीहरूको मुख्य गन्तव्य यही शिक्षण अस्पताल हो । तर अहिले यही अस्पतालमा सामान्य एक्स–रे जाँच समेत हुन नसक्ने अवस्था सिर्जना भएपछि बिरामीहरू समस्यमा परेका छन् । सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सो सम्बन्धी रोगका बिरामीलाई उपचार अघि एक्स–रे अनिवार्य मानिन्छ ।
टाढाबाट आएका बिरामीका आफन्तहरूका अनुसार अस्पताल पुग्दा एक्स–रे सेवा बन्द भएको जानकारी पाएपछि उनीहरू निराश भएर फर्किनु पर्ने अवस्था बनेको छ । मंगलबारसम्म एक्सरे सेवा सेचारु हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिनुभयो । पटक–पटक एक्सरे सेवा र सिटी स्क्यान विग्रदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।