• २४ फागुन २०८२, आइतबार

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

blog

विजयी रास्वपा उम्मेदवार जगदीश खरेल।

बाबुराम शर्मा
दोलखा, फागुन २४ गते।
दोलखामा सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल फराकिलो मतान्तरले विजयी हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले नेकपा (एमाले) का उम्मेदवार पार्वत गुरुङलाई १४ हजार ९२७ मतान्तरले पराजित गर्नुभएको हो।

अन्तिम मतपरिणामअनुसार खरेलले ३२ हजार ३७६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गुरुङले १७ हजार ४४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १३ हजार ६५५ मत र माओवादी केन्द्रका उम्मेदवारले १२ हजार २९८ मत प्राप्त गरेका छन्।

दोलखामा कुल ८४ हजार ४८१ मत खसेकोमा ४ हजार ४६० मत बदर भएको छ। यस निर्वाचनमा १४ राजनीतिक दल र १९ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।