• २४ फागुन २०८२, आइतबार

श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई विजयी

blog

श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई

राजकुमार भट्टराई 

खोटाङ, फागुन २४ गते । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिव समेत रहनुभएका राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीका राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङले ४७७, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनील चाम्लिङले १११, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गर्नुभएको छ ।

 स्वतन्त्र उम्मेदवार राजकुमार राईले २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । जसमध्ये ३ हजार ९२८ मत बदर भएको छ ।