शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागुन २४ गते । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी हुनुभएको छ । थापा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यलाई ६ हजार १०८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
विजयी थापाले २७ हजार ६३५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले २१ हजार ५२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार वृजेश कुमार गुप्ताले २० हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा बिहीबार भएको मतदानमा कुल ८५ हजार ५६ मत खसेको थियो । विजयी थापालाई मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले प्रमाणपत्र प्रदान गर्नु भएको छ ।