शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अजय शाह
गौशाला (महोत्तरी), फागुन २२ गते । महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ ।
बर्दिवासस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार वर्दिवास वडा नं १ र २ , गौशाला १, र भंगहा ३ को मतगणा हुँदासम्म रास्वपाका प्रमोदकुमार महतोले चार हजार ३९८ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरीराजमणी पोखरेलले १ हजार ८६८, नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ८२ र कांग्रेसका मुकेश काफलेले ७०० मत प्राप्त गर्नु भएको छ ।