• २८ फागुन २०८२, बिहिबार

मुस्ताङका कांग्रेसका गौचनको अग्रता कायमै

blog

नेपाली कांग्रेसका योगेश गौचन थकाली

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), फागुन २२ गते ।
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले निरन्तर अग्रता लिनुभएको छ । पछिल्लो मतगणना अनुसार गौचनले १५ सय ९२ मत प्राप्त गरी अग्रता लिएका छन् भने नेकपा एमालेका इन्द्रधारा विष्ट ९ सय २२ मत पाएर दोस्रो हुनुभएको छ ।

राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले २ सय २१ मत रहेको छ । नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङले ४० मत रहेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचनले १३६ मत  रहेको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार ३ सय २८ मतदाता रहेकोमा मुस्ताङमा ५६.४७ प्रतिशत अर्थात कुल ६ हजार ३ सय ९७ मत खसेको थियो ।