लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २१ गते ।नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवलले देशको वर्तमान अवस्थाबाट उचित निकास दिनका लागि निर्वाचन बाहेक अर्को विकल्प नरहेको धारणा व्यक्त गर्नुभएको छ ।
बिहिबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत खासल्न धनुषा निर्वाचन क्षेत्र– स्थित सपही आउनुभएका नेपालका प्रथम राष्ट्रपति डा.यादवले यस्तो धारणा व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो पैतृक गाउँ सपहीस्थित वी.पी. माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान पुगी मत खसाल्नुभएको हो ।
उहाँले गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको आन्दोलनपछि देशमा देखिएको राजनीतिक अवस्थालाई समाधान गर्ने प्रभावकारी माध्यम अहिलेको मध्यावधि निर्वाचन बनेको बताउनुभयो ।
डा.यादवले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सक्षम, इमानदार र जनताप्रति उत्तरदायी जनप्रतिनिधि चयन गर्नु अत्यन्त आवश्यक रहेको बताउनुहुँदै मतदाताले सोचविचार गरेर आफ्नो मत प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्व राष्ट्रपति यादवले अहिले भइरहेको निर्वाचनले देशको राजनीतिक अन्योल हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आम मतदाताको उत्साहजनक सहभागिता देखिएकोमा खुशी व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकसमेत रहनुभएका उहाँले देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । साथै वर्तमान संविधानले प्रदान गरेका उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पनि यो निर्वाचन महत्वपूर्ण हुने उहाँको विश्वास छ ।
उहाँले सबै मतदातालाई जिम्मेवार ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्दै असल र योग्य जनप्रतिनिधि चयन गर्न अपिल समेत गर्नुभयो ।