• २१ फागुन २०८२, बिहिबार

अस्थायी मतदान केन्द्रमा १० प्रतिशत मात्रै मत

blog

जयकृष्ण यादव 

इनरुवा, फागुन २१ गते । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्रमा करिब १० प्रतिशत मात्रैले मतदान गर्नुभएको छ । क्षेत्रीय कृषि तालिम केन्द्र अस्थायी मतदान केन्द्र झुम्कामा कुल ८९६ जना नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कर्मचारी सहितको नामावली भएकोमा ९० जनाले मात्रै मतदान गर्नुभएको छ । 

सुरक्षाको युनिट नै मतदान सुरक्षाका लागि खटिएको र विगतको भन्दा सरुवा भएर अन्यत्र गएकाले अस्थायी मतदान केन्द्रमा ९० जनाले मात्रै समानुपातिक तर्फ मतदान गरेका हुन् । यस केन्द्रमा कुल ८९६ जना मतदाता रहेकोमा ९० जनाले मात्रै मतदान समय भित्र मतदान केन्द्रमा सहभागी थिए । 

सुरक्षाकर्मीको सहजताका लागि जिल्लाको मध्यभागमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । यस केन्द्रमा नजिक भएका सुरक्षाकर्मीहरुले मात्रै मतदान गरेकाले झण्डै १० प्रतिशत मात्रै मत खसेको अधिकारी पौडेलले जानकारी दिनुभयो ।