शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २१ गते । बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्रमा शून्य मत खसेको छ ।
मतदान केन्द्रमा मतदाता मत हाल्न सहभागी नभएको मतदान अधिकृत टेक बहादुर खड्काले जानकारी दिनुभयो । यसैगरी दाङको बबई १ जनता आवि जिल्ला मतदान केन्द्रमा १० मत खसेको छ । बाँके राष्ट्रिय निकुञ्ज पिडितहरूले बस्ती स्थान्तरणको माग गर्दै सो स्थानमा पनि मत वहिस्कार गरेका थिए ।
मध्यवर्ती क्षेत्रका भन्दा अर्को गाउँ सानो जिलाका १० जनाले मत हालेका हुन् । अहिलेसम्म १० मत खसेको निर्वाचन अधिकृत चिरन्जिवी खड्काले जानकारी दिनुभयो ।