• १६ भदौ २०८१, आइतबार

'मिस्टर एण्ड मिस थारु २०२२' को आवेदन खुला

blog

काठमाडौं, साउन ४ गते । चौथो संस्करणको 'मिस्टर एण्ड मिस थारु २०२२' को आवेदन खुला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको लागि आवेदन खुला गरिएको जनाएको हो । 

प्रतियोगितामा सहभागी हुन आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिनुपर्नेछ  र खल्ती एपमार्फत पनि आवेदन दिन सकिनेछ । आवेदन शुल्क रु.६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ । 

मिस्टर एण्ड मिस थारुको आवेदन खुला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । 

अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलो दिन सुनसरीको झुम्का, पर्साको वीरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए । 

यस्तै, दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिराहाको लाहान, कैलालीको टीकापुरमा एकैसाथ हुनेछ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एकसाथ हुने बताइएको छ ।