• २१ फागुन २०८२, बिहिबार

स्याङ्जामा अवरुद्ध भएको मतदान सुरु

blog

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालजोती आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुनः सुरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) फागुन २१ गते ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्याेति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुनः सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला पारेपछि विवादका कारण मतदान स्थगित भएको थियो।

१७१ मत खसिसकेको अवस्थामा विवाद भएपछि तत्कालीन अवस्थाका दुईवटै मतपेटिकालाई सिलबन्दी गरी छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो। समस्याको बारेमा निर्वाचन आयोगमा लेखी पठाइसकेको उहाँको भनाइ छ ।

१७१ मत खसेको मतपेटिकालाई भने सिलबन्दी गरी राखिएको छ।

प्रत्यक्ष र समानुपातिक गरी दुईवटै नयाँ मतपेटिकामा मत खसाल्ने व्यवस्था गरेर मतदान प्रक्रिया सुरु गरिएको हो। झन्डै २ घण्टादेखि अवरुद्ध रहेको मतदान प्रक्रिया अहिले भने सुचारु भएको छ।

७०१ जना मतदाता रहेको सो मतदान केन्द्रमा मतदाता अहिले मतदान गर्नका लागि लामबद्ध भएका छन्।