शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नीराजन परियार
चौमाला (कैलाली), फागुन २१ गते । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार दुई सय मतदाताले मतदान गरेका छन् ।
प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् ।