शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
धनगढी, फागुन २१ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान मतदान गर्नुभएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित तुलसीराम मावि उत्तरबेहडी धनगढीमा गएर उहाँले मताधिकारको प्रयोग गर्नुभएको हो ।
कैलालीको निर्वाचन क्षेत्र ५ मा पर्ने सो मतदान केन्द्रमा पहिलो मतदाता उहाँ हुनुहुन्थ्यो । बिहान ७ बजे नै केन्द्रमा गएर उहाँले मतदान गर्नुभएको बताउनुभयो । सो मतदान केन्द्रमा जम्मा ५ हजार २ मतदाता रहेका छन् । यस क्षेत्रमा प्रमुख दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपाबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर विभिन्न मतदान केन्द्रमा मतदान जारी छ ।