शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा आज मतदान सुरु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–७ की ९८ वर्षीया रमा वडुले केदार आधारशिला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
जिल्लामा आज २१५ मतदान केन्द्रबाट मतदान भइरहेको छ । निर्वाचनमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्यसहित दुई हजार ७० जना अस्थायी मतदाता सहभागी हुँदैछन् ।
जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य पदका लागि १० वटा राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
अहिले सम्म १२ हजार ९८२ मत खसको छ । जसमा छ हजार २४१ महिला र ६ हजार ७४० पुरूष र एक जना अन्यले मत खसाली सक्नुभएको छ ।