• २१ फागुन २०८२, बिहिबार

बैतडीमा तीन घण्टामा तेह्र हजार मत खस्यो

blog

निङलासैनी मावि देहिमाण्डौं केन्द्रमा मतदान गर्दै ९० वर्षीया धनादेवी बोहरा ।

गोकर्ण दयाल

बैतडी, फागुन २१ गते । प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदाना केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । तीन घण्टामा करिब १२ हजार ९९८  मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार १० बजेसम्म ५ हजार २४१ महिला र ५ हजार ७४० पुरुष  र १ अन्य गरि १२ हजार ९९८ मत खसेको हो । बैतडीमा यो पटकको निर्वाचनमा पुरुष ७८ हजार ९८७ जना, महिला मतादता ७७ हजार ३८३ र अन्य दुई जना गरि कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।  

जिल्लाका २१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको जिल्ला निर्वाचन बैतडीका कार्यालय सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।