• २१ फागुन २०८२, बिहिबार

मतदानमा ज्येष्ठ नागरिक उत्साहित

blog

मतदान गर्न जाँदै बैतडी सदरमुकामका ज्येष्ठ नागरिक। तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, फागुन २१ गते ।
 प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका २१५ मतदान केन्द्रमा मतदान गर्न आएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ।

जिल्लामा मतदान सुरु भएको करिब तीन घण्टासम्ममा झण्डै १३ हजार मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार बिहान १० बजेसम्म पाँच हजार २४१ महिला, पाँच ७४० पुरुष र १ अन्य गरी कुल १२ हजार ९८२ मत खसेको हो।

बैतडीमा यस पटकको निर्वाचनमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ अन्य गरी कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।

जिल्लाका सबै २१५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।