• २१ फागुन २०८२, बिहिबार

एमाले सचिव बस्नेतद्धारा मतदान

blog

भक्तपुर, फागुन २१  गते ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभयो ।रासस