शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, फागुन २१ गते ।अर्जुन चौपारी गाउँपालिका –१ मा क्रियापुत्रीले मतदान गर्नु भएको छ ।
बिहीबार प्रतिनिधि सभा निर्वाचनमा यहाँको पञ्चकन्या मावि कबाट चन्द्रकान्त अर्याल र सुमित्रा पोखरेलले मतदान गर्नु भएको हो
अर्यालले आफ्नो बाबा र पोखरेलको ससुरा नुवादत्त अर्यालको मत्यु भएको पाँचौ दिनमा मतदान गर्नु भएको हो ।मतदान गर्दै अर्यालले बाबाको काजक्रियामा रहेपनि अमूल्य मतदान गर्ने अवसर सदुपयोग गरेको बताउनुभयो ।
यहाँ क्षेत्र नं– १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् भने जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेका छन् ।
सुरक्षाका दृष्टिले ५६ वटा अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण मतदान केन्द्र छन् ।