• २१ फागुन २०८२, बिहिबार

स्याङ्जामा १० प्रतिशत मत खस्यो

blog

वालिङ नगरपालिका–१० पूर्णामृत भवानी मावि मतदान केन्द्रमा लामबद्ध मतदाता । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २१ गते ।
स्याङ्जामा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 
बिहीबार बिहान १०ः३० बजेसम्म २३ हजार ३५५ मतदाताले मतदान गरेका छन् । यो ९ दशमलव ३९ प्रतिशत रहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत प्रेम सुवेदीले जानकारी दिनुभयो ।

बिहान ७ बजेबाट नै मतदान सुरु भएको हो ।

स्याङ्जाको क्षेत्र नं. १ मा १२ हजार १४ मत र क्षेत्र नं. २ मा ११ हजार ३४१ मत खसेको हो ।

जिल्लामा स्याङ्जामा २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।  क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ मतदाता र निर्वाचन क्षेत्र नं. २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् ।

क्षेत्र नं. १ मा एक स्वतन्त्र सहित ११ दलका १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्र सहित १० दलका १२ जना गरि जिल्लामा २४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

स्याङ्जामा १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा निर्वाचन भइरहेको छ ।