• १३ असार २०८१, बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीमा कोरोना संक्रमण

blog

फाइल तस्बिर

काठमाडौं, साउन ३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो। 

उहाँलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने  सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। 

सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको हो। 

उहाँलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो। 

चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। 

बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ। 

कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ।