• १३ फागुन २०८२, बुधबार

नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल

blog

मतदातासँग नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेल ।

काठमाडौँ, फागुन १३ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनुभएको छ ।

उहाँले देश विकासका १० दृष्टिकोणसहितका एजेन्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले विषयवस्तुलाई स्पष्टसँग बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको चर्चा गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुरु गरिएको 'चुपचाप मतदान' को विषयतर्फ सङ्केत गर्दै महामन्त्री पौडेलले भन्नुभयो, “लोकतन्त्रमा कुनै पनि विषयमा प्रस्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।”

नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रस्ट रहेको बताउँदै उहाँले देश निर्माणका भिजनबारे बहस गर्न आफूहरू खुला रहेको र यसमा गर्व गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री पौडेलले भन्नुभयाे, “चुपचाप होइन फागुन २१ गते गर्वका साथ रुखमा छाप लगाऔँ ।”